
काठमाडौं, २८ असोज । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो ।
लगातार दोस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ। बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे।
नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।















प्रतिक्रिया