
काठमाडौं, २८ असोज । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य हिजो शनिबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १३ हजार, तेजावी सुन १ लाख १२ हजार ४५० र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शनिबार छापावाल सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया