२ कार्तिक २०८३, सोमबार

आजदेखि ग्लोबल आईएमई बैंकका ग्राहकलाई डिजिटल कारोबार गर्दा छुटैछुट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । ग्लोबल आईएमई बैंकले बडादसैँको अवसरमा आजदेखि ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ योजना ल्याएको छ ।

बैंकले योजनाअन्तर्गत डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने जनाएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफूलाई आवश्यक सामग्री खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखि रु. ५०० सम्मको नगद फिर्ता हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ता लिन सकिनेछ । यो योजना आज घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात बडादसैँ दशमीको दिनसम्म लागू हुने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सरसमानहरू खरिद गर्दा क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ‘दसैँ’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो योजना पनि आजदेखि कात्तिक ७ गते बडादसैँको दशमीको दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बताइएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।