
काठमाडौं, २७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले दिउँसो १ बजे लगनखेलमा प्रदर्शन गर्न लागेको हो ।
‘संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न जनआन्दोलनको तयारी गरौँ’ भन्ने नाराका साथ प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ । विरोध प्रदर्शनको सभालाई अध्यक्ष थापाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।















प्रतिक्रिया