१ कार्तिक २०८३, शनिबार

विश्वकप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः आइसीसी

काठमाडौं, २७ असोज । भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा आज शनिबार घरेलु टोली भारत र पाकिस्तान भिड्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेबाट अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

एकदिवसीय विश्वकपको इतिहासमा यी दुई टोलीबीचको यो आठौँ खेल हो । यसअघि यी दुई टोलीबीच ७ खेल खेले भएको थियो जसमा सबै खेल भारतले जितेको थियो ।

जारी विश्वकपमा दुबै टोली सुरुवाती दुई खेलमा विजयी भएका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । यसैगरी पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो ।