२ कार्तिक २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।