
काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया