
काठमाडौं, २४ असोज । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले बिहीबार लाओससंग प्रतिष्पर्धा गर्दैछ ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा बिहीबार साँझ साढेपाँच बजे सुरु हुनेछ । खेलकालागि सम्पूर्ण तयारी गरिसकेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् ।
खेलअघि बुधबार ललितपुरमा आयोजित प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागी अवसर भएको बताए । उनले खेलमा राम्रो नतिजा ल्याउनका लागि शत प्रतिशत दिने प्रयास गरेको बताए । खेलका लागि राम्रो ट्रेनिङ भएको र खेलाडिहरु पनि फिट रहेको उनले बताए ।
त्यस्तै राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पहिलो चरणको खेलका लागि अहिलेसम्मको लामो ट्रेनिङ भएको बताए । उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे ।
यस्तै लाओसका प्रशिक्षक तथा खेलाडिहरुले पनि राम्रो तयारी गरेकाले नजिता पनि राम्रै आउने दावी गरेका छन् । लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्ने छ ।















प्रतिक्रिया