३ कार्तिक २०८३, मंगलबार

इजरायलबाट घाइतेको उद्धार र मृतकको शव ल्याउने कार्य तत्काल गरियोस् : केपी ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी ज्यान गुमाएका नेपालीको शव र घाइतेहरुको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले इजरायलमा आक्रामणमा परी ज्यान गुमाएका नेपालीको शव र घाइतेहरुको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस् । ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’

शनिबार इजरायलमाथि प्यालेस्टानी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० जना नेपाली मृत्यु भएको छ । हमासले अचानक गरेको आक्रामणमा सयौँको ज्यान गएको छ भने दुवै पक्षबीच अहिले पनि युद्ध जारी छ ।