३ कार्तिक २०८३, मंगलबार

कीर्तिमानी नेपाली आरोही तेन्जेन लामा चीनको सिसापाङ्माको हिमपहिरोमा परेर बेपत्ता

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । कीर्तिमानी नेपाली आरोही तेन्जेन लामा हिम पहिरोमा परेर बेपत्ता भएका छन् । उनी चीनको सिसापाङ्मा हिमाल आरोहण गर्ने क्रममा हिमपहिरोमा परेका हुन् ।

शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा उनी परेका हुन् । हिमपहिरोमा परेर एक नेपाली र एक अमेरिकी आरोहीको भने मृत्यु भइसकेको छ । उनीहरूको शव फेला परेको छ ।

तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।

तेन्जेनले गत साउनमा ९२ दिनमै विश्वका अग्ला १४ शिखरको आरोहण गरेर कीर्तिमान बनाएका थिए।