१ कार्तिक २०८३, शनिबार

विश्वकप क्रिकेट : उपाधि दावेदार भारत र अष्ट्रेलिया भिड्दै

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई उपाधि दावेदारबीचको भिडन्त चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

पाँच पटकको ओडीआई विश्वकप विजेता अस्ट्रेलिया र दुई पटकको च्याम्पियन भारत जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनासहित मौदान उत्रने छन् ।

दुवै टोलीमा विश्वस्तरीय ब्याटर, बलर र अलराउन्डरको बर्चस्व भएकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान छ ।

दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ ।

विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।