३ कार्तिक २०८३, मंगलबार

कवितामार्फत सरकारलाई रघुजी पन्तको प्रश्न– गालेभेँडाले आँखा तर्छ, जनताको दसैं कसरी टर्छ ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले महँगी चरम सीमामा पुगेकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा कवितामार्फत सांसद पन्तले दैनिक उपभोग्य वस्तुमा महँगी बढेकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कवितामार्फत चाडवाडको मुखमा चामल, दाल, तरकारीमा महँगी बढेकामा चिन्ता व्यक्त गरेका छन् । महंगीले चरम चुली छोइसक्दा पनि सरकारले उपभोक्ताको पीडा नबुझेको उनको भनाइ छ ।

यस्तो छ, पन्तको कविता

खल्तीमा तलब हालेर हिँड्यो बजार

चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको दुई सय पचास
बजारभाउ सुन्दा गुम्छ होस हवास्
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेंडाले के किन्लास् तैँले भनेर आँखा तर्छ​​​
दसैंको पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो
आउन लागेको दसैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दसैं यसपाली कसरी टर्छ ?
मेरो प्रश्न–छ जवाफ देऊ सरकार, जनताको दसैं यसपाली कसरी टर्छ ?