१ कार्तिक २०८३, आइतबार

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।

सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्र्टन डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधालगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेशन पेश गर्न मन्त्रालयका अतिरिक्त सचिवको संयोजत्वकमा समिति गठन गरेको छ ।

साथै मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।