१ कार्तिक २०८३, शनिबार

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, भव्य स्वागत (भिडिओसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । चीनको हाङझाओमा जारी १९औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेट टोलीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजासहित स्वागत गरिएको छ । एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

कडा टक्करका बाबजुत नेपालले भारतको युवा टिमसँग हार ब्यहोरेको थियो । स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नजिता नआएपनि समग्रमा प्रतियोगिता राम्रो भएको बताए ।

उनले विश्व कीर्तिमान बन्दा टिम धेरै नै खुशी भएको भन्दै निरन्तर रुपमा बलियो देशसंग खेल्न पाए अनुभव हासिल हुने धारणा राखे ।

प्रतियोगीताको पहिलो खेलमा नेपालले मंगोलियामाथि थुप्रै विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।