१ कार्तिक २०८३, आइतबार

८० वर्षीया वृद्धाको मस्तिष्कमा सुई भेटियो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १८ असोज । रूसको सुदूर पूर्वकी एक वृद्धाले आफ्नो मस्तिष्कमा एक इन्च लामो सुईसहित ८० वर्षसम्म बाँचेको पत्ता लागेको छ । चिकित्सकहरूले ती महिलाको सीटी स्क्यान गर्ने क्रममा एक इन्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन् ।

चिकित्सकहरूले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको सिकार भएको विश्वास गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन् ।

रूसको दुर्गम क्षेत्र साखालिनको स्थानीय स्वास्थ्य विभागले भनेको छ, “वर्षौंको अनिकालका बेला यस्ता घटना हुनु कुनै नौलो कुरा थिएन ।” उनका आमाबाबुले दोस्रो विश्वयुद्धको दौडान आफ्नो बच्चालाई मार्ने निर्णय गरेको हुन सक्छ, किनकि उनी ‘जन्मदेखि’ तीन सेन्टिमिटर लामो सुईको साथ बाँचिरहेकी थिइन् ।

विश्व युद्धको समयमा यो विधि अक्सर अपराधको प्रमाण लुकाउन प्रयोग गर्ने गरिएको थियो । युद्धको समयमा सोभियत सङ्घमा खाद्यान्नको अभाव व्याप्त थियो र धेरै मानिसहरू घोर गरिबीमा बाँचिरहेका थिए ।

स्थानीय स्वास्थ्य विभागले भनेको छ, “सुई उनको बायाँ ‘पेरिएटल लोब’ ९मस्तिष्क० मा छिरेको थियो, तर यसले अपेक्षित प्रभाव पारेन र बालिका बाँच्न सफल भइन् ।” उक्त बिरामीले चोटपटकका कारण कहिल्यै टाउको दुखेको गुनासो नगरेको र कुनै पनि खतरामा नरहेको बताइएको छ । “पिडित वृद्धाको अवस्थालाई चिकित्सकले निगरानी गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ । एएफपी