३ कार्तिक २०८३, मंगलबार

बझाङ भूकम्प: बिहानसम्म ४ रेक्टर स्केलमाथिका ११ वटा पराकम्प

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । बझाङका विभिन्न स्थानमा केन्द्रविन्दु भएर आज बिहानसम्म ११ पटक भूकम्पको धक्का महशुस भएको छ।

मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि आज बिहानसम्म ११ वटा पराकम्प महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ रेक्टर स्केल, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टर स्केल र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यसैगरी गएराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केल, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारीले नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुन पनि बेला भूकम्प जानसक्ने बताए।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताइएको छ ।