
काठमाडौं, १७ असोज । नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा नेपालगञ्जबासीको हितहुने खालका धार्मिक र साँस्कृतिक सद्भाव कायम हुने सकारात्मक सन्देश मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजोदेखि कर्फ्यू जारी गरेको छ । सोही विषयलाई लिएर पूर्वमुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा धार्मिक र साँस्कृतिक सद्भाव कायम हुने सकारात्मक सन्देश मात्र सम्प्रेषण गर्न अनुरोध गरेका हुन् ।
‘धार्मिक र साँस्कृतिक सद्भाव र सामाजिक एकताको कुनै विकल्प हुँदैन् । धार्मिक र साँस्कृतिक अतिवादले सदैब समाजलाई विभाजित र असान्त बनाउँछ । नेपालगञ्जबासीले पटक पटक धार्मिक अतिवादमाथि विजय हासिल गर्नु भएको छ । यस पटक पनि सद्भाव र एकता प्रदर्शन गर्न सफल हुनुहुनेछ ।’ बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पोखरेलले भनेका छन्, ‘यतिबेला सामाजिक सञ्जालमा नेपालगञ्जबासीको हितहुने खालका धार्मिक र साँस्कृतिक सद्भाव कायमहुने सकारात्मक सन्देश मात्र सम्प्रेषण गरौँ । ’















प्रतिक्रिया