
काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको चर्को आलोचना गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ज्यान मुद्दाका आरोपी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको टिप्पणी गरेका छन् ।
पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए।
‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिड पीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’















प्रतिक्रिया