
काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनायो ।
भारतका लागि यशस्वी जैसवालले शतक प्रहार गरे । उनी ४९ बलमा एक सय रन बनाएर आउट भएका थिए । जैसवालले ७ छक्का र ८ चौका प्रहार गरेका थिए ।
यसैगरी शिवम दुबे २५ र रिंकु सिंह ३७ रनमा नटआउट रहे । भारतीय कप्तान ऋतुराज गायकवाडले २५, जितेश शर्माले ५, तिलक बर्माले २ बनाएका थिए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी दुई विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एकएक विकेट लिएका लिएका थिए ।















प्रतिक्रिया