
काठमाडौं, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका हुन् । उनले ९.५ ओभरमा भारतीय ओपनर कप्तान ऋतुराज गायकवाडलाई आउट गरेका हुन् ।
भारतले ११.१ ओभरमा एक विकेटको क्षतिमा १११ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया