
काठमाडौं, १६ असोज । नेपालले चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय हुन् ।
नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कपमा भारतसँग खेलेको थियो ।
एकदिवसीय एसिया कपमा श्रीलंकामा नेपालले भारतसँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।















प्रतिक्रिया