
काठमाडौं, १५ असोज । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन् ।
महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका पालले राजीनामा दिएका हुन् । आरोप लागेपछि उनलाई यसअघि नै निलम्बन गरेर छानबिन गरिएको थियो।
छानबिनका क्रममा दोषी देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि कारबाहीको तयारी भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
पालले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भनेका थिए ।
घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानबिनका लागि डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा समिति बनाएको थियो।















प्रतिक्रिया