३ कार्तिक २०८३, मंगलबार

आगामी निर्वाचनमा एक्लै चूनाव लड्ने गरी तयारी भइरहेको छ: माओवादी प्रवक्ता सापकोटा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै चूनाव लड्ने गरी तयारी गरिरहेको बताएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताए ।

उनले समानुपातिकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्वर भन्दा धेरै मत बढाउने विश्वास बढेको बताए । सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धती लगायतमा बहस गर्ने र त्यसपछि बिशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए ।

माओवादीको सुदृढीकरण अभियान सफल भएको टिप्पणी गर्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे । सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको धारणा राखे ।

सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गरे ।