
काठमाडौं, १४ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदमा क्रिकेट अन्तर्गत नेपाल क्वाटरफाइनलमा पुगेको छ ।
समूह चरणको खेलमा आज माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछाएको माल्दिभ्सले १९.४ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो ।
नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ६ विकेट लिएका थिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए । गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए ।
त्यसैगरी आसिफ शेखले ६, विनोद भण्डारीले १३, सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले अविजित १ रन बनाएका थिए ।















प्रतिक्रिया