
काठमाडौं, १३ असोज । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ ।
पितृहरूको उद्दारका लागि अधिकांशले आफ्नै घरमा र कसै कसैले तीर्थस्थलमा समेत गएर श्राद्धकर्म गरी पितृहरूको सम्झना गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार प्रतिपदा तिथीदेखि दशैं शुरु हुने जमरे औंशीसम्मको १५ दिन पितृहरूलाई सम्झने गरिन्छ ।
यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी श्राद्ध गरी तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरूलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।
दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो ।
ज्योतिष शास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ ।
सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।















प्रतिक्रिया