
सुर्खेत, १३ असोज । सुर्खेतको वीरेन्द्रनगरस्थित एक होस्टेलमा आठ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका हुन् । मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका– १ का ८ बर्षीय सलाम पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
शुक्रबार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन् । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन दिएका छैनन् ।
प्रहरीले घटना शंकास्पद रहेको र अनुसन्धान भइरहेको जनाएको छ ।
घटनास्थलमा अहिले प्रहरी खटाइएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । उनीहरुले घटनाको छानबिन गर्नुपर्ने भन्दै होस्टेल तोडफोड गरेका छन् ।
प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।















प्रतिक्रिया