
काठमाडौं, १२ असोज । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया उडेका छन् । विमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् विदेश उडेका हुन् । दुबईमा केही दिन बसेर उनी त्यहाँबाट अस्ट्रेलिया जाने बताइएको छ ।
लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेका विमल विदेश पलायन भएका हुन् । एन्फा एकेडेमीका उत्पादन विमलले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । विमलले राष्ट्रिय टिमबाट हालसम्म ४१ खेल खेल्दै ९ गोल गरेका छन् ।
हालै नेपाल सुपर लिगका लागि ललितपुर सिटी एफसीका लागि अनुबन्ध भएका विमल सम्झौता रद्ध गर्दै विदेश पलायन भएका हन् ।
पछिल्लो समय नेपाली फुटबल खेलाडी विदेश पलायन हुने क्रम बढेको छ । अहिलेसम्म दुई दर्जन बढी नेपाली खेलाडी सुखद भविष्यको लागि विदेश पलायन भइसकेका छन् ।















प्रतिक्रिया