३ कार्तिक २०८३, मंगलबार

बालेनले भीभीआईपीलाई दिए धन्यवाद

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले इन्द्रजात्रा अवलोकनका क्रममा राष्ट्रपति लगायत भीभीआईपीहरूले विश्व सम्पदा श्रेत्र बसन्तपुर दरबार स्क्वायरभित्र सवारी प्रवेश नगराएकामा धन्यवाद दिएका छन् ।

इन्द्रजात्राको अवलोकनका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदस्थहरूले महानगरपालिकाको अनुरोध अनुसार जुद्ध शालिकमै सवारी रोकी पैदल यात्रा गरेर इन्द्रजात्राको अवलोकन गरेका थिए ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाडौं महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश गराइदिनु भएन। उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यो सामान्य देखिएपनि सम्पदा संरक्षणमा अर्को फड्को भएको बताएका छन्।