
काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले गम्भीर अपराधमा सजाय काटिरहेका अपराधीलाई राष्ट्रपटिले आममाफी दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।
काभ्रेको बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले ज्यान मुद्दामा जेल सजाय काटिरहेका बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकामा असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले परिकल्पना गरेको जस्तो व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर नगर्ने बताए ।
‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस् । हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन्,’ लामिछानेले भने ।















प्रतिक्रिया