
काठमाडौं, ११ असोज । दोलखामा चार किलो सुन बरामद भएको छ ।
दोलखाको सिंगटीबाट प्रहरीले चार किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
उक्त सुन तिब्बतबाट ल्याइएको हुन सक्ने आशंका गरिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया