
काठमाडौं, ११ असोज । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य एक हजार ४ सय रुपैयाँले घटेको छ ।
मंगरबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ र बुधबार ८ सय रुपैयाँले घटेको सुन आज बिहीबार १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया