१ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओलीले दिए विश्वकीर्तिमान बनाएका कुशल र दीपेन्द्रलाई बधाई

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई बधाई दिएका छन् ।

अध्यक्ष ओली सामाजिक सञ्जालमा लेख्दै कुशल र दीपेन्द्रलाई बधाई दिएका हुन् ।

१९औँ एसियाली खेलकुदमा आज बिहान मंगोलियाविरुद्धको खेलमा कुशलले टी-२० को इतिहासमा ३४ बलमै शतक प्रहार गरेर विश्वकीर्तिमान बनाएका थिए भने दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए ।

‘कुशल र दीपेन्द्रको विश्वकीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धशतक ! यो सँगै नेपालको ३१४ रनको सर्वाधिक रनको कीर्तिमानको लागि बधाई !!’ ओलीले फेसबुकमा लेखेका छन् ।

यसअघि टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।