३ कार्तिक २०८३, मंगलबार

टिकट काटिसकेका चिकित्सकहरूलाई मुगुमै छोडेर समिट एयर नेता बोकेर नेपालगञ्ज आएपछि…

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । समिट एयरको जहाजले मुगुको ताल्चा विमानस्थलमा टिकट काटिसकेका चिकित्सकहरूको समूहलाई छोडेर नेताहरू बोकेर नेपालगञ्ज आएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

समिट एयरले टिकट काटिसकेका १६ जना चिकित्सकहरूको समूहलाई ताल्चा विमानस्थजलमै छोडेर माओवादी केन्द्रका नेताहरूलाई लिएर नेपालगञ्ज आएको थियो ।

यसैबीच, टिकट काटिसकेका चिकित्सकहरूलाई समिट एयरले ताल्चामै छोडेपछि डाक्टरहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अलपत्र परेका चिकित्सकहरूलाई लिन जहाज पठाएका हुन् ।

मन्त्री किराँतीले नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनाएको समेत लेखेका छन् ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ,’ ।