
काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ०६ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०६ पैसा र बिक्री दर १६२ रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया