१ कार्तिक २०८३, आइतबार

जावी सन् २०२५ सम्म बार्सिलोनामा रहने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना, ६ असोज । स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी)ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन् । सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता एक सिजन अर्थात् सन् २०२५ सम्मका लागि लम्ब्याउनेछन् ।

जावीले क्लबलाई सन् २०१९ पछि पहिलो पटक ला लिगा र गत सिजन स्पेनी सुपर कपको उपाधि दिलाउन सफल भएका थिए । सेल्टा भिगोविरुद्ध शनिबार हुने खेलअघि पत्रकार सम्मेलनमा जावीले भने, ‘हामी कठिन समयमा आएका थियौं ।’ उनले थपे, ‘गत वर्ष हामीले दुई महत्वपूर्ण उपाधि जितेका थियौं । हामी सङ्क्रमणको अवस्थामा छौं ।’

ला लिगामा रियल बेटिस र च्याम्पियन्स लिगको समूह चरणमा रोयल आन्टवर्पलाई ५–० ले हराउँदै बार्सिलोनाले आफुले जिम्मेवारी सम्हालेयताका दुई उत्कृष्ट खेल हासिल गरेको जावीले बताए । जावीले रोनाल्ड कोम्यानबाट सन्यास लिएको दुई वर्षपछि सन् २०२४ को जुनसम्मका लागि स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेका थिए । स्पेनी ला लिगामा रियल मड्रिडभन्दा दुई अंकले पछि रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।