१ कार्तिक २०८३, आइतबार

डाक्टरमाथि कुटपिट घटनामा संलग्न थप एकजना पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ४ असोज । मकवानपुरको हेटौंडामा डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । योसँगै डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका युवाहरुको एक समूहले हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

डेंगु संक्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।​

डाक्टरमाथि कुटपिट गर्ने मृतककी श्रीमती रमा, छोरा रोहीत, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।