१ कार्तिक २०८३, आइतबार

पूर्वी चीनको जियाङसुमा आँधीका कारण १० जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, ४ असोज । पूर्वी चीनको जियाङ्सु प्रान्तका विभिन्न सहरमा मंगलबार भएको भीषण हावाहुरीसहित भएको वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आँधीका कारण यान्चेङ र सुकियान शहर सबैभन्दा बढी प्रभावित भएका छन् । सुकियानमा साँझ ५ बजेर २० मिनेटमा डाक्सिङ र नानकाई नगरमा आँधीको धेरै प्रभाव परेको छ ।

मंगलबार भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा पाँच हजार ५१२ जना प्रभावित भएको, १३७ घर भत्किएको, ४१ दशमलव ८ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र ४०५ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख छ ।

यान्चेङमा राति ८ः३० बजे शहरको फनिङ काउन्टीमा अर्को आँधी आएको थियो । मंगलबारको भुमरीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काउन्टीको लुपु र बान्हु नगरमा मुसलधारे वर्षा भएको छ । प्रारम्भिक अनुसन्धानमा एक हजार ३६४ जना प्रभावित भएको, १९९ हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको र १२९ जनालाई अस्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको देखिएको छ । स्थानीय सरकारी विभागहरू विपत्तिको सामना गर्न घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय विभिनन अस्पतालमा उपचार भइरहेको छ । सिन्ह्वा