
काठमाडौं, ३ असोज । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेर संविधान दिवस मनाएको छ ।

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए । सोही अनुरुप बुधबार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउनेहरुको भिड रहेको थियो ।

नारायणचौर परिसरमा राष्ट्रिय झण्डाको साथै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

















प्रतिक्रिया