काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस