शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

बारामा चोरी गरेका सामानसहित ६ जना किशोर पक्राउ

दैनिक नेपाल २०८० भदौ ३१ गते १५:०४

बारा, ३१ भदौ । बारामा चोरी गरेका सामानसहित छजना किशोर पक्राउ परेका छन् ।

चोरीका विभिन्न समानहरुसहित महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, १० वर्षीय र भारत पूर्वी चम्पारण बस्ने १४ वर्षीय गरी ६ जना किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र पाएल १३ थान लुकाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित