१ कार्तिक २०८३, आइतबार

दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित टोखाबाट ६ जना पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौंको टोखा नगरपालिका–५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका–८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका–४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका–२ पातलेगाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार टोखा–५ मा अवैधरूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।