
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार साँझ अमेरिका गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का तोकिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ।















प्रतिक्रिया