
काठमाडौं, २९ भदौ । सुन तस्करीमा नेपाली काँग्रेसका नेता नै संलग्न रहेको खुलाशा भएको छ ।
केही दिनअघि त्रिभुवन विमानस्थलमा दुबईबाट मलद्वारमा सुन लुकाएर ल्याउँदै गरेका काभ्रेका तीनजना युवक पक्राउ परेपछि काँग्रेस नेताको पर्दाफास भएको हो । काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५ साविक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको थियो।
दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङले मलद्वारमा सुन लुकाएर ल्याएका थिए भने अन्य दुई जना उनलाई लिन विमानस्थल पुगेका थिए ।
तस्करीमा काँग्रेसका नेता तीर्थ लामाको प्रत्यक्ष संलग्नता रहेको देखिएको छ । तीर्थ काभ्रेका जिल्ला सभापति एवं प्रदेश मन्त्रीसमेत हुन् । पक्राउ परेकाहरूले बयानका क्रममा तस्करी प्रकरणमा नेपाली कांग्रेसनिकट युवाहरूको संगठन नेपाल तरुण दलका नेता विकास योञ्जनको नाम लिएपछि तीर्थ लामा पनि मुछिएका हुन्। विकास लामा तीर्थका सहयोगी तथा व्यवसायीक साझेदार हुन् ।
तीर्थ लामाको नाममा रहेको खाताबाट विकासका नाममा भुक्तानी गरिएको करिब एक करोड बराबरको चेक पनि बरामद गरिएको छ । स्रोतका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री प्रकाशरण महतसँगको सिधा सम्पर्क र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगको समेत सिधा सम्पर्कमा कांग्रेस काभ्रेका सभापति तीर्थले विमानस्थलमा सेटिङ्ग मिलाएर दुई वर्षदेखि विकास योञ्जनमार्फत सुन तस्करी गर्दै आएका थिए ।
हप्ताको दुई केजीका दरले मासिक १० केजी सुन ल्याउने गरेको उक्त समूहले दुई वर्षको अवधीमा २ सय केजी भन्दा धेरै सुन ल्याएर विक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।















प्रतिक्रिया