
काठमाडौं, २९ भदौ । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ ।
विष्टले नेपाल ओलम्पियन संघले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन् । एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए ।
ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरे ।















प्रतिक्रिया