
काठमाडौं, २९ भदौ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया