शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

पाकिस्तानी पहिलो सिख पत्रकार सिंह ‘राजनीतिक हस्तक्षेप’को सिकार भएको दावी

दैनिक नेपाल २०८० भदौ २९ गते ९:३०

पाकिस्तान, २९ भदौ । पाकिस्तानका प्रथम सिख पत्रकार तथा प्रस्तोता हरमीत सिंहलाई हालै सार्वजनिक टिभीले जागिरबाट बर्खास्त गरेको छ । उनलाई बाँच्नका लागि नै उच्च जोखिम रहेको आरोप लगाइएको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ तथा पूर्वमन्त्री शाजिया अट्टा मारीले राष्ट्रिय जवाफदेहिता ब्युरो (एनएबी)ले छापा मारी उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद भएको भनी गलत समाचार फैलाएको आरोप लगाएपछि हरमीतलाई बर्खास्त गरिएको थियो ।

पाकिस्तानको पहिलो सिख पत्रकारका रूपमा आफ्नो पहिचान बनाएका हरमीत सिंहका अनुसार गत हप्ता उनले आफ्नो एक्स (पूर्व ट्वीटर) ह्यान्डलमा एनएबीले शाजिया अट्टा मारीको घरमा छापा मारेको र उनको साथबाट ९७ अर्ब पाकिस्तानी रुपैयाँ बरामद गरेको एउटा समाचार सार्वजनिक गरेका थिए । उक्त समाचार झुट्टो भएको थाहा पाएपछि पेजबाट समाचार हटाएर सम्बन्धित व्यक्तिसँग माफि मागेका थिए ।

हरमीत सिंह नामक युट्युब च्यानल चलाउने सिंहले उक्त समाचार फेक भएको थाहा पाएपछि ट्वीट डिलिट गरेर शाजिया मारीसँग आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागेको बताएका छन् ।

शाजियाले उनीविरूद्ध मानहानिको मुद्दामा राजनीतिक शक्तिको दुरूपयोग गर्दै १० अर्बको क्षतिपूर्तिको माग गरी औपचारिक सूचनामा जारी गरेकी थिइन् । उनलाई जागिरबाट बर्खास्त गर्न टिभीलाई निर्देशन दिँदै हरमीतलाई नहटाए सबै सरकारी विज्ञापन रोकिने र च्यानलको लाइसेन्स रद्द गर्ने चेतावनी दिइएको थियो । एएनआई

प्रतिक्रिया
सम्बन्धित