
काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
नेम्वाङको पार्थिव शरीरमा उनका छोराहरू मेङ्सो र सुहाङले दागबत्ती दिएका थिए । यस्तै, नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री लगायत अधिकांश राजनीतिक दलका नेताहरूले नेम्वाङलाई पशुपति पुगेर श्रद्वाञ्जली दिएका थिए ।
नेम्वाङको अन्तिम बिदाईमा हजारौँ सर्वसाधारणको उपस्थिति रहेको थियो ।
नेम्वाङको गत सोमबार राति निवासमै हृदयघाटबाट निधन भएको हो ।

















प्रतिक्रिया