७ कार्तिक २०८३, शनिबार

डाक्टरलाई कुटपिट गर्ने आमा छोरी पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २८ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले आमा छोरीलाई पक्राउ गरेको छ ।

एक महिनाअघि डेंगु संक्रमणबाट हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गरेका थिए ।

उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् ।

सीसीटीभी फुटेजको आधारमा मृतक प्रधानकी श्रीमती र छोरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।