
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएर अन्तिम बिदाई गरेका छन् ।
प्रधानमन्त्रीले पशुपति आर्यघाटमा पुगेर नेम्वाङको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएका हुन् ।
बालुवाटारस्थित नेम्वाङको निजी निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याएको थियो ।
गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।















प्रतिक्रिया