१ कार्तिक २०८३, आइतबार

‘साउथ एशिया कराते कप–२०८०’ मा बझाङका सुदीप प्रथम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भातेखोला (बझाङ), २८ भदौ । साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन् ।

भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन् ।

जापान कराते डो कोशीकाई सितोरियो संघबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन् ।

अठार वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बंगलादेशलाई हराएर प्रथम स्थान हासिल गरेका हुन् । समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बंगलादेश र तेस्रो भारत भएका छन् । कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन् ।